close

बेरोजगार युवालाई कृषि सडक बनाउने जिम्मेवारी

बेरोजगार युवालाई कृषि सडक बनाउने जिम्मेवारी

Trulli
ADVERTISEMENT

महाेत्तरी- महोत्तरी गाउँपालिकाले चालू आर्थिक वर्षमा ३८ जना बेरोजगार युवालाई रोजगारी दिने भएको छ । नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगारलाई रोजगारी दिन लागेको हो । 

गाउँपालिकाको रोजगार शाखाका प्रमुख शोभाकान्त पाण्डेयका अनुसार गाउँपालिकाले बेरोजगारीमा सूचीकृत भएका युवालाई प्राथमिकताको आधारमा रोजगारी दिने भएको छ । सोका लागि संघीय सरकारबाट न्यूनतम १०० दिनको लागि रोजगारी कार्यक्रम ल्याएको उनले पालिकाखबरलाई बताए । 

कार्यक्रममा सहभागी भएका ३८ जनालाई दैनिक ६६८ रुपैयाँको दरले पारिश्रमिक दिने उनले सुनाए । सो कार्यक्रममार्फत कृषि सडक निर्माण, मर्मत तथा नाला निर्माण गरिने उनले बताए । कृषि सडक निर्माण भएसँगै कृषि क्षेत्रबाट उत्पादन भएको कृषिजन्य सामाग्रीको बजारीकरणका लागि पनि सहयोग हुने उनको विश्वास छ ।