close

गढीमाईले १०० जना युवालाई रोजगारी दिने

गढीमाईले १०० जना युवालाई रोजगारी दिने

Trulli
ADVERTISEMENT

रौटहट - गढीमाई नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा १०० जनालाई रोजगारी दिने भएको छ । नगरपालिकाले बेरोजगारीमा सूचीकृत भएका युवालाई रोजगारी दिन लागेको हो । 

नगरपालिकाको रोजगारी शाखाका शाखा अधिकृत मनोजकुमार साहका अनुसार पालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी दिन लागेको हो । सो कार्यक्रमबाट बेरोजगार युवाले १०० दिन रोजगारी पाउने उनले पालिकाखबरलाई बताए । 

कार्यक्रममार्फत पालिकाभित्र कृषि सडक निर्माण तथा मर्मत गरिने उनले बताए । नगरपालिकाको बेरोजगारीमा सूचीकृत भएका व्यक्तिलाई प्राथमिकताको आधारमा रोजगारी दिने उनले सुनाए । कार्यक्रमको लागि सम्बन्धित क्षेत्रमा उपभोक्ता समिति गठन गरिने उनले बताए । 

नगरपालिकाले वडासँग लागत साझेदारीमार्फत रोजगारी दिने योजना बनाए पनि आवश्यक बजेट विनियोजन नभएकाले उनले सुुनाए । कार्यपालिका बैठकले सो कार्यक्रमको लागि बजेट विनियोजन गरेसँगै सञ्चालनमा ल्याउने उनले बताए ।