close

वैदेशिक रोजगारबाट फर्किएकालाई हिलिहाङमा 'युवा स्वरोजगार कार्यक्रम'

वैदेशिक रोजगारबाट फर्किएकालाई हिलिहाङमा 'युवा स्वरोजगार कार्यक्रम'

Trulli
ADVERTISEMENT

पाँचथर– हिलिहाङ गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

तरकारी खेती, फलफूल खेती, च्याउ खेती, मौरी पालन सम्बन्धी तालिम प्रदान गरिने गाउँपालिकाका कृषि सेवा शाखाका सहायक कृषि प्रसारक अधिकृत हेमराज पन्तले बताए । तालिम प्रदान गरेर ५० हजार रुपैयाँ व्यवसाय सञ्चालनको लागि गाउँपालिकाले अनुदान दिने उनले बताए । कार्यक्रम सञ्चालनको लागि गाउँपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

चालु आर्थिक वर्ष २०८०/०८१ मा युवा स्वरोजगार कार्यक्रमबाहेक गाउँपालिकाले रसायन औषधी वितरण गर्न लागेको उनले बताए । उनले पालिकाखबरसँग भने, ‘फौजी किरा नियन्त्रणको लागि ३ लाख रुपैयाँ विनियेजन भएको छ । फौजी किरासम्बन्धी सचेतना तालिम र किसानको मागमा आधारित कार्यक्रम सञ्चालनको लागि १ लाख ७५ हजार रुपैयाँ विनियोजन भएको छ ।’ 

चालु आवमा शाखाको लागि कुल १५ लाख रुपैयाँ विनियोजन भएको छ । गत आवमा शाखाका लागि ३६ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा यस वर्ष घटेको कृषि प्रसारक अधिकृत पन्तले बताए । ‘केन्द्रबाट नै पालिकाको लागि कम बजेट आएको छ । युवा स्वरोजगार कार्यक्रमका लागि गत आर्थिक वर्षमा १४ लाख बजेट थियो त्यो पनि घटेको छ,’ उनले भने ।