close

१२० जनालाई रम्भामा १०० दिने रोजगारी

१२० जनालाई रम्भामा १०० दिने रोजगारी

Trulli
ADVERTISEMENT

पाल्पा - रम्भा गाउँपालिकाले चालु आर्थिक वर्षमा १२० जना बेरोजगार युवालाई रोजगारी दिने भएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिन लागेको हो । 

गाउँपालिकाको रोजगार संयोजक रबिन महर्जनका अनुुसार १२० जनालाई १०० दिने रोजागरी दिने भएको छ । बेरोजगार युवालाई गोरेटो बाटो निर्माणको काम, वृक्षारोपण, पोखरी निर्माण, स्कूलको निर्माण तथा आवश्यकताअनुरुपको कार्य दिने उनले पालिकाखबरलाई बताए । 

रोजगारीका लागि गाउँपालिकाले गत चैत महिनामै बेरोजगारीको फाराम भर्न लगाएको थियो । सो फाराममा आवेदन दिने व्यक्तिलाई वडा समिति र स्थानीय निर्देशक समितिले क्रमश फिल्टर गरी इआइएमएसबाट प्राथमिकताको आधारमा छनौट गरिने उनले सुनाए । 

छनौटमा परेका १२० जना युवालाई एकैपटक रोजगारी दिने उनले बताए । रोजगारीका लागि साझेदारीमार्फत आवश्यक निर्माण सामग्री गाउँपालिकाले खरिद गरेर दिने उनको भनाइ छ ।