close

दशैँतिहारपछि ६९ जनालाई रोजगारी दिँदै चौबिसे

दशैँतिहारपछि ६९ जनालाई रोजगारी दिँदै चौबिसे

Trulli
ADVERTISEMENT

धनकुटा– चौबिसे गाउँपालिकाले चालु आर्थिक वर्षमा ६९ जनालाई रोजगारी दिने भएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत बेरोजगारीमा सूचीकृत भएका व्यक्तिलाई १०० दिने रोजगारी दिन लागेको हो । 

गाउँपालिका पहाडी भुगोलमा रहेकोले बाटो हिलो हुने हुँदा बाटो सोलिङको लागि उक्त रोजगारी प्रदान गर्ने पालिकाकी रोजगार संयोजक विनिता शर्माले बताइन् । उनको अनुसार पालिकामा बजेट निकासा सुरु भएको छैन । दशैँतिहारपछि बजेट निकासा सुरु हुनासाथ पालिकाका ८ वटै वडामा बाटो सोलिङको काम सुरु गरिने उनले बताइन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी पाउने व्यक्तिको ज्याला समेत थप गरिएको उनले सुनाइन् । ५७७ रुपैयाँका दरले दिने गरिएकोमा यस आर्थिक वषदेखि ६६८ रुपैयाँका दरले ज्याला दिन लागेको उनले पालिकाखबरलाई बताइन् ।  

यस्तै गाउँपालिकामा बेरोजगारमा सूचीकृत भएका व्यक्तिहरुलाई सीपमुलक तालिमसमेत प्रदान गरिएको छ । नेपाल सरकारअन्तर्गत रहेको राष्ट्रिय सीप व्यवसाय प्रतिष्ठान इटहरीको आर्थिक सहयोगमा इलेक्ट्रिसियन, व्युटिपार्लर र होमस्टे सञ्चालनसम्बन्धी तालिम प्रदान गरिने उनले बताइन् ।

पालिकाका बेरोजगारमा सूचीकृत भएका ४३ बेरोजगारीलाई गत आर्थिक वर्षमा सीपमुलक तालिम प्रदान गरेको बताउँदै सो कार्यक्रम यस आर्थिक वर्षमा पनि सञ्चालन गरिने उनले बताइन् ।