close

गाेदावरीमा २४ जना कर्मचारी माग

गाेदावरीमा २४ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

कैलाली– गोदावरी नगरपालिकाले करारमा सेवामा कर्मचारी माग गरेको छ । नगरपालिको विभिन्न पदमा २४ जना करार सेवामा कर्मचारी माग गरेको हो । 

नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै कानून अधिकृत छैठौँ तहमा १ जना, वातावरण अधिकृत छैठौँ तहमा १ जना, स्रोतव्यक्ति छैठौँ तहमा १ जना, कृषि स्नातक छैठौँ तहमा १ जना, सिभिल ईन्जिनियर छैठौँ तहमा १ जना, नगर प्रहरी नायब निरीक्षक पाचौँ तहमा १ जना, सहायक कम्प्युटर अपरेटर चौथोँ तहमा १ जना, नगर प्रहरी हवल्दार तेस्रो तहमा १ जना, हलुका सवारी चालक (एम्बुलेन्स र हलुका सवारी) श्रेणी विहीन तहमा २ जना, शव वहान चालन श्रेणी विहीन तहमा १ जना, नगर प्रहरी जवान श्रेणी विहीन तहमा ३ जना, कार्यालय सहयोगी श्रेणी विहीन ६ जना, माली श्रेणी विहीन १ जना, कूचिकार श्रेणी विहीन २ जना र भान्से श्रेणी विहीन १ जना गरी २४ जना कर्मचारी माग गरेको नगरपालिकाले जनाएको छ ।

इच्छुक व्यक्तिले सूचना प्रकासित भएकाे १५ दिनभित्रमा आवश्यक कागजातसहित छैठौ तहको एक हजार रुपैयाँ, पाचौँ तहको ५०० रुपैयाँ, चौथौं,  तेस्रो तहको ४०० रुपैयाँ र श्रेणी विहीनको लागि ३०० रुपैयाँ दस्तुरसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।