close

दीर्घकालीन रोजगारीको लागि दुहुँको रणनीति

दीर्घकालीन रोजगारीको लागि दुहुँको रणनीति

Trulli
ADVERTISEMENT

दार्चुला– दुहुँ गाउँपालिकाले बेरोजगार युवाको रोजगारीको लागि रोजगार रणनीति बनाउने भएको छ । गाउँपालिकाले पालिकाभित्र रहेका बेरोजगार युवपालाई रोजगार दिनको लागि सो रणनीति बनाउन लागेको हो । 

रणनीतिमा पालिकाभित्रको प्राकृतिक स्रोत साधनको प्रयोग, श्रमशक्तिको  प्रयोग कसरी गर्नेलगायतको तथ्याङ्कबारे योजना बनाउने गाउँपालिकाको रोजगार संयोजक करण बडालले पालिकाखबरलाई बताए । रणनीतिमा दीर्घकालनी रोजगारको लागि कार्यक्रम समेट्ने उनको दावी छ । 

चालु आवमा न्युनतम रोजगारीका लागि  गाउँपालिकाले युवासंघ अध्यक्ष उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको सहयोगमा चालूआर्थिक वर्षमा नै न्युनतम रोजगारी कार्यान्वयनमा ल्याउने उनले सुनाए ।

उनकाअनुसार युवा रोजगारी रुपान्तरण पहल कार्यक्रमअन्तर्गत ४० जनाले १०० दिन रोजगार पाउने भएको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४७ जनालाई १०० दिन रोजगार दिन लागेको संयोजक बडालले जानकारी दिए । रोजगारी कार्यक्रमले विकास निर्माणको कार्य र बेरोजगारले रोजगारी सँगसँगै पाउने उनले सुनाए । 

उनका अनुसार रोजगारमा कृषि, पशुपालन, विकास निमार्ण, आयोजनालगायतका काम रहेका छन् ।

रोजगारका लागि चालू आर्थिक वर्ष २०८०/०८१मा १७ सय ७६ जना सूचिकृत मध्ये ८७ जनाले १०० दिनको रोजगार पाउने भएका छन् भने गत वर्ष २१ सय ८९ जना सूचिकृत मध्ये १ सय ८४ जनाले रोजगार पाएका थिए ।

भौगोलिक विकटताको कारणले पहाडी भागमा प्रधानमन्त्री रोजगार कार्यक्रम एकदमै प्रभावकारी भएको छ । विकासका कामसंगसंगै रोजगार पाउने भएकोले प्रभावकारी बन्दै गएको छ । चालू आवमा रोजगारका लागि बिश्व बैंकले २४ लाख ५७ हजार र नेपाल सरकारले ३१ लाख ४४ हजार बजेट विनियोजन गरेको संयोजक बडालले जानकारी दिए।