close

गरिब विद्यार्थीलाई डाक्टर पढाउँदै बारबर्दिया

गरिब विद्यार्थीलाई डाक्टर पढाउँदै बारबर्दिया

Trulli
ADVERTISEMENT

बर्दिया- जिल्लाको बारबर्दिया नगरपालिकाले भने शिक्षा क्षेत्रमा उदाहरणीय कामको थालनी गरेको छ । यद्यपि, मुलुकभरका अधिकांश स्थानीय सरकारको ध्यान भौतिक पूर्वाधार निर्माणमा केन्द्रित छ । 


बारबर्दिया नगरपालिकाले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस डाक्टर पढाउन सुरु गरेको हो । नगरका विद्यार्थीहरूमध्ये एक जना गरिब, विपन्न तथा जेहेन्दारलाई एमबीबीएस पढाउने कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

 

ज्ञान विषय लिएर प्लस टु उत्तीर्ण गरी एमबीबीएस भर्नाका लागि सञ्चालन हुने प्रवेश परीक्षामा नाम निकाल्न सफल एक जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाइ पूरा नहुन्जेलसम्मको खर्च नगरपालिकाले बेहोर्ने गरी कार्यक्रम ल्याएको बारबर्दिया नगरपालिका शिक्षा शाखा अधिकृत टीकानाथ गोसाईंले जानकारी दिए । 

 

यसका लागि नगरपालिकाले चालू आर्थिक वर्ष ०७७-७८ को बजेटमा पहिलो वर्षका निम्ति १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तो रकम हरेक वर्ष छुट्याउँदै जाने नगरपालिकाको योजना छ ।


५ वर्षको अध्ययन अवधिमा करिब ४५ लाख रुपैँया खर्च हुने नगरपालिकाको अनुमान छ । अध्ययन अवधिको खर्च व्यक्तिलाई नदिई सीधै शिक्षण संस्थालाई प्रदान गरिने गोसाईं बताउँछन् । अध्ययन अवधिको व्यक्तिगत खर्च भने विद्यार्थी स्वयंले बेहोर्नुपर्नेछ । 

 

अध्ययन पूरा गरेपछि आप्mनै नगरमा रोजगार उपलब्ध गराउने नगरपालिकाको योजना छ । एमबीबीएस पूरा गरेर आएपछि कम्तीमा २ वर्ष आप्mनै नगरपालिकामा सेवा गर्नुपर्नेछ ।  

 

आर्थिक अभावका कारण विपन्न तथा जेहेन्दार विद्यार्थी एमबीबीएस पढ्नबाट वञ्चित नहोउन् भनेर यो कार्यक्रम ल्याइएको नगरप्रमुख दुर्गाबहादुर थारुले बताए ।

 

उनले भने, ‘केही विद्यार्थीहरु तीक्ष्ण बुद्धिका हुन्छन् । राम्रो अंक ल्याएर प्लस टु पास गरे पनि आर्थिक अभावका कारण आपूmले चाहेको विषय पढ्न पाउँदैनन् । त्यस्ता विद्यार्थीलाई लक्षित गरेर एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई नगरले नै एमबीबीएस पढाउने योजना ल्याएको हो ।’

 

यसैगरी नगरपालिकाले आर्थिक वर्ष ०७७÷७८ नीति तथा कार्यक्रम एवं बजेटमा नगरमा सिकलसेल विशेष अस्पताल निर्माण गर्ने योजना समावेश गरेको छ । सिकलसेल थारु जातिमा मात्र लाग्ने वंशानुगत रोग हो । नगरका विद्यालयहरूमा विगत वर्षदेखि नै स्थानीय पाठ्यक्रमअन्तर्गत सिकलसेल रोगसम्बन्धी विषय पढाइ हुँदै आएको छ ।

 

साथै, नगरमा बहुप्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक शिक्षालाई जोड दिने योजना पनि अघि बढाइएको छ । कृषि व्यवसायलाई प्राथमिकतामा राखेको नगरपालिकाले मन्सुली धानको संकलन, प्रशोधन र बजारीकरणलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने नगरप्रमुख थारुले बताए ।