close

गाउँपालिका भवनमा आगलागी

गाउँपालिका भवनमा आगलागी

Trulli
ADVERTISEMENT

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी भएको छ । 

डडेल्धुरा प्रहरीका अनुसार गएराति पालिकाको प्रशासनिक भवनमा आगलागी भएको हो ।

आगलागीबाट पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठाभित्रका केही कागजात र सूचनापाटी जलेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टलेले जानकारी दिए ।