close

एलपी ग्याँस पड्किँदा बालिकाको मृत्यु

एलपी ग्याँस पड्किँदा बालिकाको मृत्यु

Trulli
ADVERTISEMENT

तनहुँ । तनहुँमा एलपी ग्याँस पड्किँदा आज एक बालिकाको मृत्यु भएको छ।

भीमाद नगरपालिका–९ च्यानडाँडाकी १२ वर्षीया सुभेक्षा केसी क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिलिण्डर ग्याँसमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको छ ।