close

थाहा पाउनुस् आज दिनभरको मौसम

थाहा पाउनुस् आज दिनभरको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वीबंगलादेशसम्म फैलिएको न्यून चापीय प्रभाव रहेको हुँदा सामान्य बदली रहनेछ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। महाशाखाका अनुसार  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आइतबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ महाशाखाले जनाएको छ ।