close

सरसफाइ सप्ताह आजदेखि सुरु

सरसफाइ सप्ताह आजदेखि सुरु

Trulli
ADVERTISEMENT

आज विश्व वातावरण दिवस । 'एकमात्र धर्ती' भन्ने नाराका साथ मनाइँदैछ। वातावरण संरक्षणका लागि सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

‌वातावरणीय ह्रासका असंख्य असरहरु रहेका छन् । मूलतः अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, सुख्खा र खडेरीलगायतका मौसमी असरहरु, विश्वभर नै पानीजन्य, हावाजन्य र जीवाणु तथा विषाणुजन्य रोग एवम् महामारीको खतरा, विश्वभर नै बढ्दो खाद्य संकट, वित्तीय संकट र साधन श्रोत माथिको दोहनका कारण सृजना हुने भूराजनीतिक तनावहरु वातावरणीय ह्रासले निम्त्याउने प्रमुख संकटको रुपमा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

विश्व वातावरण दिवससँगै नेपालमा राष्ट्रिय सरसफाइ सप्ताह पनि सुरु भएको छ । नेपालमा सन् २००० देखि राष्ट्रिय सरसफाइ सप्ताह मनाउन थालिएको हो । यो २३औं राष्ट्रिय सरसफाइ सप्ताह हो ।