close

भक्तपुरमा पोखरीको सरसफाइ गरी मनाइयो वातावरण दिवस

भक्तपुरमा पोखरीको सरसफाइ गरी मनाइयो वातावरण दिवस

Trulli
ADVERTISEMENT

भक्तपुर । विश्व वातावरण दिवसको अवसरको अवसर पारेर भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर–१ दूधपाटीस्थित भाज्या पुखुमा सरसफाइ गरिएको छ । 

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मानव समाज र प्रकृतिबीचको सम्बन्ध अन्योन्याश्रित भएको बताउँदै यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्नु हामी सबैको साझा कर्तव्य भएको बताए ।

काठमाडौं उपत्यकाका नेवार समुदायले इनार, ढुंगाधारा, कुवालगायत खानेपानीको स्रोत सरसफाइ गरी मनाउने सिथि नखः चाड वैज्ञानिक पर्वको रुपमा रहेको नगरप्रमुख प्रजापतीको भनाइ थियो । उनले नयाँ पुस्तालाई यहाँको सम्पदाप्रतिको माया र अपनत्व कायम राख्न यस किसिमको सरसफाइ कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिकाका कर्मचारीहरू र सफाइ कर्मचारीहरूको उपस्थिति रहेको थियो । सुक्दै गइरहेका ताल तलैयाको संरक्षणका लागि भाज्या पुखु पोखरी सरसफाइ गरिएको नगरपालिकाले जनाएको छ ।