close

खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड

खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड

Trulli
ADVERTISEMENT

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड  सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सञ्चालनमा आएको हो । 
 
इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।  बुधबार राति सवा ११ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२ बजेबाट सञ्चालनमा आएको हो । 

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान पौने १२ बजे पन्छाइएको हो । रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।