close

अख्तियारद्वारा मोहन्याल पालिकाका अधिकृत दीपेन्द्र बुढाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा मोहन्याल पालिकाका अधिकृत दीपेन्द्र बुढाविरुद्ध मुद्दा दायर

Trulli
ADVERTISEMENT

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग  ३० हजार घुस रकम लिएको भन्दै क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा अधिकृत क्षेत्रीले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस माग गरी १४ हजार बैंक खातामा न्सफर गर्न लगाएको र ३० हजार उनको साथबाट बरामद भएको पुष्टि हुन आएको आयोगले जनाएको छ । 

क्षेत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर गरेको भन्दै आयोगले बिगो  ४४ हजारसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद तथा जरिवानाको सजायको मागदावी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।