close

बबई गाउँपालिकाका अध्यक्षसहित ५ जनामा कोरोना, पालिका सिल

बबई गाउँपालिकाका अध्यक्षसहित ५ जनामा कोरोना, पालिका सिल

Trulli
ADVERTISEMENT

दाङ- बबई गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलसहित पाँच जनामा संक्रमण देखिएको हो ।

 

संक्रमण पुष्टि हुनेमा प्रमुख प्रशासकीय अधिकृत, एक जना वडा अध्यक्ष र इन्जिनियर रहेका छन् । संक्रमित सबै अहिले घरकै आइसोलेसनमा बसेका छन् ।

 

बबई गाउँपालिकामा अहिले सक्रिय संक्रमितको संख्या १० पुगेको कोरोना फोकल पर्सन शरदराज गिरीले जानकारी दिए । अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहितलाई कोरोना संक्रमण भएपछि पालिका सिल गरिएको छ ।