close

रुपनीमा दादुरा रुवेलाविरुद्ध खोप अभियान सुरु

रुपनीमा दादुरा रुवेलाविरुद्ध खोप अभियान सुरु

Trulli
ADVERTISEMENT

सप्तरी - रुपनी गाउँपालिकामा दादुरा रुवेला विरुद्धको खोप अभियान सुरु भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारणीप्रसाद यादवले एक कार्यक्रमको आयोजना गरी आइतबारदेखि खोप अभियान सुरु भएको हो । 

गाउँपालिकामा आगामी चैत्र २ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिएका छन् । खोप कार्यक्रमको लागि गाउँपालिका क्षेत्रभित्र ३२ वटा खोप केन्द्र स्थापना गरिएको उनले जानकारी दिएका छन् । 

खोप कार्यक्रमको लागि ६ वटै वडामा पालिकाभित्रका स्वास्थ्यकर्मीलाई खटाइएको छ । गाउँपालिकामा ९ महिनादेखि १५ वर्ष उमेर समूहका ८ हजार ३१८ जना बालबालिका रहेका छन् ।