close

कोरोना कहरः स्वाब बोकेर बाजुराबाट अछामको यात्रा

कोरोना कहरः स्वाब बोकेर बाजुराबाट अछामको यात्रा

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुरामा कोरोना फैलावट कम भए पनि भए पनि परीक्षण मेसिन नहुँदा जिल्लाबासीले समस्या भोग्दै आएका छन् । बू्ढीगंगा नगरपालिकाका दुई युवाले भने नगरपालिकाले संकलन गरेको स्वाब बोकेरै चेकजाँचका लागि अछामको कमल बजार पु¥याएका छन् ।


बूढीगंगाका कांग्रेस नेता मानबहादुर रावललाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका व्यक्तिहरूको स्वाब संकलन गरिए पनि अहिलेसम्म परीक्षण हुन सकेको छैन ।


बूढीगंगा नगरका हिमाल सुनार र  अभिशेष नाथले स्वास्थ्यकर्मीलाई स्वाब संकलन गर्न लगाए । दुवै युवाले मोटरसाइकलमै कोरोना परीक्षण गरिएकाको स्वाब राखेर अछामको कमल बजारमा रहेको प्रयोगशाला पु¥याएका छन् ।


‘स्वाब संकलन गरेका १२ मध्ये एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टि  भएको छ’, स्वाब बोकेर प्रयोगशाला पुयाएका एक युवाले भने, ‘नगरपालिकाको स्वाब पु¥याउने कुनै व्यवस्था नभएपछि आप्mनै खर्चमा पेट्रोल राखेर मोटरसाइकलमा कमल बजार पु¥याएका हौं ।’


बूढीगंगा नगरका स्वास्थ्य संयोजक दीपक शाह स्वाब संकलन गरेर प्रयोगशाला पठाउने काममा जनशक्ति अभाव रहेको बताउँछन् । नगरमा पर्याप्त जनशक्ति नहुँदा म आफैंले पनि अन्य स्वास्थ्यकर्मीको स्वाब संकलन गरेर दुई युवासँग कमल बजार पठाएको छु ।’


स्थानीय सरकारले पालिकामा कोरोना संक्रमण पुष्टि भएकालाई समेत बेवास्ता गरेको ती दुई मनकारी युवा सुनाउँछन् ।


‘स्थानीय पालिकामा कोरोना पुष्टि भएका व्यक्तिलाई आइसोलेसनसमेत निर्माण हुन सकिरहेका छैनन् । भएकाको पनि अत्तोपत्तो छैन । आफ्नो तहमा के–कति व्यक्ति बाहिरबाट भित्रिए । न त्यसको  तथ्यांक छ, न त स्वाब संकलनै भएको छ’, ती युवा भन्छन् ।