close

अजयमेरुमा बर्थिङ सेन्टरले ल्याएको खुसी (भिडियाे खबर)

अजयमेरुमा बर्थिङ सेन्टरले ल्याएको खुसी (भिडियाे खबर)

ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिका भौगोलिक रूपमा विकट पालिका हो । स्थानीय सरकार आएपछि गाउँपालिकाले मुहार फेर्दै गएको छ । भूगोलका हिसाबले दुर्गम भुलकुडामा बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवतीलाई सहज भएको छ । घर नजिकै बर्थिङ सेन्टर स्थापना भएपछि महिला हर्षित छन् ।

 
डडेल्धुराको अजयमेरु गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । यहाँको दुर्गम क्षेत्र वडा नम्बर ४ मा रहेको भुल्कुडामा बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवतीलाई सहज भएको छ ।

 

सामुदायिक स्वास्थ्य इकाइ भुलकुडामा सुदूरपश्चिम प्रदेश सरकारको २० लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएपछि अजयमेरु गाउँपालिकाले बर्थिङ सेन्टर सञ्चालन गरेको छ ।  भवनमा नियमित उपचार सेवासहित चाबीसै घन्टा सुत्केरी सेवा दिने गरी बर्थिङ सेन्टर सञ्चालनमा आएपछि डडेल्धुरा सदरमुकाम जानुपर्ने बाध्यता हटेको स्थानीय धना भट्ट र ईश्वरी चन्द बताउँछन् ।


नवनिर्मित २ कोठे भवनमा गाउँपालिकाले बर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याएको हो । बर्थिङमा सेवा दिन सुरु भएसँगै गाउँपालिकाभर ७ वटा बर्थिङ सेन्टर भएका छन् ।  घरमै सुत्केरी हुने दर शून्यमा ल्याउने उद्देश्यले अजयमेरुका ७ स्थानमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइसकेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए ।

 

स्वास्थ्यकर्मीले समेत सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामै गएर प्रसूति सेवा लिन अनुरोध गर्दै आएका छन् ।