close

सान्नि त्रिवेणीका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

सान्नि त्रिवेणीका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

Trulli
ADVERTISEMENT

कालीकोट- कालीकोटको सान्नि त्रिवेणी गाउँपालिकाले पालिकाभित्रका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । 

 

गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्रका विशेषगरी, दलित, एकल महिला र सहिद परिवारका लागि २० लाख रुपैयाँ विनियोजन गरी बिमा सुरु गरिने बताएको हो ।


यहाँका नागरिकले अझै पनि औषधोपचार नपाएरै ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य गर्न एकाघरको ५ जनाको बिमा गर्ने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।

 

उनका अनुसार धरैजसो नागरिक ठूलो बिरामी परे मात्र स्वास्थ्य चौकी, अस्पताल जाने हुँदा गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेको हो ।


‘निःशुल्क बिमापछि नागरिकले अब नियमित स्वास्थ्य जाँच गर्ने विश्वास लिएका छौँ । आर्थिक अवस्था कमजोर अनि जनचेतना अभावले पनि स्वास्थ्य संस्थामा नियमित उपचार गर्दैनन् । अब पालिकाभित्रका नागरिकले रोग पालेर बस्ने छैनन् ।’ यो गाउँपालिकाम कालीकोटमा आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने पहिलो पालिका भएको छ ।