close

बडिमालिकामा खुल्यो आपतकालीन केन्द्र 

बडिमालिकामा खुल्यो आपतकालीन केन्द्र 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुरा सदरमुकाम रहेको बडिमालिका नगरपालिकाले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेको छ । विपद् समय हुने सूचना प्रवाह तथा आपतकालीन अवस्थामा उद्धार तथा राहतलगायतलाई अगाडि बढाउन केन्द्र स्थापना गरिएको हो । 

 

स्थानीय तह आपतकालीन कार्य सञ्चालन केन्द्रको उद्देश्य सरकारको विपद् व्यवस्थापन कार्यसँग सम्बन्धित निकायबीच समन्वयकर्ताको रूपमा रही कार्य गर्ने र नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबीच समन्वय इकाइका रूपमा रहने गरी केन्द्र स्थापना गरिएको बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताए ।


 
स्थानीय तहमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने योजनाअनुसार जिल्लामै पहिलो स्थानीय तहमध्ये बडिमालिकाले केन्द्र स्थापना गरेको नगरप्रमुख बडुवालले जानकारी दिए ।

 

आपतकालीन केन्द्रमा विपद् समय कार्य सञ्चालनमा अवरोध हुन नपाओस् भनी विद्युत्, सञ्चारजस्ता सुविधाको वैकल्पिक प्रबन्ध गरिएको छ । यो केन्द्रबाट सबै किसिमका विपद् घटनाबारे सूचनाको जानकारी सबैले दिन र लिन सकिने नगरपालिकाले जनाएको छ ।