close

बाजुरामा निषेधाज्ञा

बाजुरामा निषेधाज्ञा

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुरामा शुक्रबार राती १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । विभिन्न जिल्लामा कोरोना संक्रमण बढिरहेपछि बाजुरामा निषेधाज्ञा जारी गरिएको हो ।

 

जिल्ला प्रशासन कार्यालय बाजुराले सूचना जारी गरी बाजुराबासीलाई कोरोना संक्रमणप्रति सचेत हुन आग्रह गरेको छ । गृह मन्त्रालयबाट प्राप्त पत्रअनुसार शुक्रबार राती १२ बजेबाट सुरु हुने गरी निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेद्वारा हस्ताक्षरित सार्वजनिक सूचना जारी गरिएको हो ।

 

बाजुराका कुनै पनि ठाउँमा होली पर्व खेल्न नपाइने सूचनामा उल्लेख छ । त्यसैगरी कोभिड– १९ रोकथामका लागि भीडभाड, मेला महोत्सव, जात्रालगायत कुनै पनि कार्यक्रम गर्न पाइने छैन । स्वास्थ्य सुरक्षा, सामाजिक दूरी र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

 

कसैले नियमको उल्लंघन गरेको पाइए संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने बताइएको छ ।