close

दुर्घटनाका घाइतेमा कोरोना देखिएपछि अस्पतालले उपचार गर्न मानेन 

दुर्घटनाका घाइतेमा कोरोना देखिएपछि अस्पतालले उपचार गर्न मानेन 

Trulli
ADVERTISEMENT

बझाङ– १ वैशाखमा गाडीबाट घर नजिकै ओर्लिंदै गर्दा मष्टा गाउँपालिका वडा नम्बर १ घर भई हाल जयपृथ्वी नगरपालिका वडा नम्बर ३ डुंग्री बस्दै आएका ५६ वर्षीय कृष्ण बहादुर रोकायाको दिमागमा गम्भीर चोट लाग्न पुग्यो । उनलाई तत्काल जिल्ला अस्पताल बझाङ लगियो । उनी राष्ट्रिय आधारभूत विद्यालय डुैग्रीका शिक्षक हुन् । 

 

जिल्ला अस्पतालले गम्भीर चोट लागेकाले धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गर्‍यो । माया मेट्रोले पनि उपचार गर्न नसक्ने जनाएपछि ती पुरुषलाई नेपालगञ्ज मेडिकल कलेज लगियो । 

 

त्यहाँ भर्ना हुँदै गर्दा बिनालक्षण ती पुरुषमा कोरोना पोजेटिभ देखियो । कोरोना पोजेटिभ देखिएपछि उनीलगायत धेरै जनालाई मेडिकल कलेजले भर्ना गर्नै मानेन । 

 

बझाङदेखि हतारहतार नेपालगञ्ज पुगेका ती पुरुषका आफन्त मेडिकल कलेजको यो कुरा सुनेर छाँगाबाट खसेझैं भए । बिरामीको अवस्था झन् दयनीय बन्यो ।

 

त्यहाँबाट उनलाई फेरि ३८ हजार रुपैयाँ एम्बुलेन्स भाडा तिरेर बझाङ लगियो । अहिले उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा सक्दो उपचार भइरहेको जिल्ला अस्पताल बझाङका कोरोना सम्पर्क व्यक्ति डा. मिलन खड्काले बताए ।

 

उनको अहिले तल्लो शरीर (खुट्टालगायत) को भाग नचल्ने अवस्थामा पुगेको बिरामीका आफन्त रामचन्द्र रोकायाले जानकारी दिए ।

 

बिरामीलाई सकस


कोरोना संक्रमण दर तीव्र भइरहेका बेला अस्पतालले पुरानै रबैया देखाउन थालेका छन् । भर्ना भएका गम्भीर प्रकृतिका तर निको हुने बिरामीलाई पनि अस्पतालले कोभिड–१९ को वहानामा भर्ना गर्न नमानेका हुन् ।

 

निको हुने र कोरोना लक्षणका नदेखिएका तर पोजेटिभ देखिएका बिरामीलाई उपचार गरे मात्रै अस्पतालप्रति नागरिकको भरोसा कायम रहिरहने डा. खड्काको सुझाव छ ।