close

तेह्रथुममा कोरोना संक्रमित बढ्दै, फितलो तयारीप्रति नागरिक रुष्ट (भिडियो खबर)

तेह्रथुममा कोरोना संक्रमित बढ्दै, फितलो तयारीप्रति नागरिक रुष्ट (भिडियो खबर)

ADVERTISEMENT

तेह्रथुम- भनिन्छ स्थानीय सरकार अधिकार स्रोत र साधनमा अब्बल छन् । त्यसैले कोरोना नियन्त्रण गर्न सरकारले अधिकार सम्पन्न स्थानीय तहलाई जिम्मा दिएको छ । सोहि अनुरोप स्थानीय तहले आवश्यक कदम चाल्न सक्छन् । तर, पहिलो चरणमा जति अब्बल मानिएको स्थानीय तह दोस्रो लहरमा भने महामारी नियनत्रण गर्न जाँगर नचलाएको आरोप नागरिकस्तरबाट आइरहेको छ ।

 

समयमा संक्रमण रोक्न ध्यान नदिनु, भएका संरचनालाई व्यवस्थित गर्न नसक्नु मुख्य कमजोरीका रूपमा स्थानीयले हेरेका छन् । तेह्रथुमका स्थानीय तहले पनि संक्रमण न्यूनिकरण गर्न खर्च कटाएर आइसोलेसन निर्माण गरेका छन् । तर, नागरिक स्तरबाट भने तयारी फितलो भएको असन्तुष्टी आइरहेको छ ।

 

तेह्रथुममा समुदाय स्तरमै कोरोना फैलिसकेको छ । पहिलो चरणमा क्वारेन्टिन निर्माण गरेका तेह्रथुमका ६ स्थानिय तहले दोस्रो तहको कोभिड नियन्त्रणको लागि अक्सिजन सहितको आइसोलेसन वडा त निर्माण गरि सकेका छन् । त्यो तयारी फितलो रहेको नागरिकको बुझाइ छ ।

 

जिल्लाका व्यापारिक केन्द्र सुनसान जस्तै छन् । सदरमुकाम म्याङलुङ बजारका सैलुन, इलेक्ट्रोनिक, कपडा, फेन्सी जस्ता पसल बन्द छन् । खाद्य, औषधि, तरकारी, माछा, मासु, पसल, खुला छन् । फितलो निषेधाज्ञाको फाइदा उठाउँदै बिबाह, व्रतबन्ध जस्ता सामाजिक कार्य रोकिएका छैनन् । सयाैँ मानिस भेला भइरहेका छन् । पाहुनाका बहाना तराईका संक्रमित जिल्लाबाट नागरिक ओहोर दोहोर गरिरहँदा संक्रमण दर उच्च हुने जोखिम छ ।


 

स्थानीय सरकारबाटे कोरोना नियन्त्रण फितलो ढंगमा भइरहेको नागरिकले गुनासो गरेका छन् । लकडाउन वैज्ञानिक र व्याबहारिक नभएको गुनासो बढीरहेको छ । प्रदेश सरकारले बाहिरबाट आएका नागरिकको पीसीआर परीक्षण गरेको पाइँदैन ।  पालिका भने महामारी नियन्त्रणमा खटिएको जस्तो गरिरहेका छन् । फेदाप गाँउपालिकाले विकास बजेट काटेर कोरोना नियन्त्रमा खर्च गरेको जनाएको छ । छथर गाँउपालिकाले कोभिड संक्रमणमा नागरिकलाई घरैमा पुगेर सेवा दिइरहेको छ ।

 

कोभिडको कारण रोजगारी गुमाएका नागरिकलाई खाद्यान्न टोल विकासको अनुरोधमा निशुल्क ढुवानी सेवा व्यावस्थापन गर्ने, खानेपानीको अभाव भएमा तत्काल ट्यांकर मार्फत उपलव्ध गराउने, निषेधाज्ञाको समयमा नागरिकको मत्यु भएमा निशुल्क यतायात उपलव्ध गराउने जनाएको छ ।

 

मेन्छायायेम गाउँपालिकाले विकास बजेट कटाएर कोभिड नियन्त्र गर्न सुरु गरेको छ । लालिगुराँस नगरपालिकाले नगर भित्रका नागरिक भित्र स्वास्थ्य सेवालाई प्राथमितासाथ राखेको छ ।  नगरले एम्बुलेन्स पहिला नै खरिद गरेको छ । म्याङलुङ नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले पनि आफ्नै प्रयासले महामारी नियन्त्रण गरिरहेको बताएका छन् । 

 

कोरोना महामारीले मुलुक नराम्ररी गाँजिरहेको छ । सबै दोष सरकारलाई दिएर नागरिक पनि पानी माथिको ओभानो बन्न पाउँदैन । महामारी फैलनुमा सरकार मात्र नभई नागरिक पनि उत्तिकै जिम्मेवार छन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने र महामारी फैलनुमा दोष सरकारलाई दिनु उचित पनि हुँदैन ।

 

अहिले स्थानीय सरकारले आफूले भ्याएसम्म, स्रोतले भ्याएसम्म नियन्त्रणको प्रयास गरिरहेका छन् । यस्तो अवस्थामा नागरिकले पनि स्थानीय सरकारप्रति विश्वास गरेर समन्वय गर्न सकेमा मात्रै महामारी नियन्त्रणमा आउने छ ।