close

बुद्धशान्ति संक्रमितको उपचारमा व्यस्त (भिडियो खबर)

बुद्धशान्ति संक्रमितको उपचारमा व्यस्त (भिडियो खबर)

ADVERTISEMENT

झापा- कोरोना संक्रमितको संंख्या दिनदिनै बढ्दै गए पछि अहिले झापाको बुद्धशान्ति गाउँपालिकाले उपचार सर्वसुलभ गर्ने उद्देश्यले २५ शय्याको आइसोलेसन सञ्चालनमा ल्याएको छ । अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा आएपछि निको हुनेको संख्या पनि बढ्दो छ ।

 

यति मात्र नभएर जिल्लाको कोभिड उपचार अस्पताल अभाव भएपछि सुरु गरिएको आइसोलेसनमा निमोनिया जाँचको लागि एक्सरे लगायत सम्पूर्ण उपचार निःशुल्क गाउँपालिका गरेको छ । कोरोना संक्रमितले उपचार पाउन कठिनाई हुँदै गएपछि झापाको बुद्धशान्ति गाउँपालिकाले आइसोलेसन बनाएर उपचार सेवा सुरु गरेको छ ।

 

कोरोना संक्रमणबाट मानवीय क्षति कम गर्न आईसोलोसन बनाई उपचार सुुरु गरेको हो । आइसोलेसनबाट हालसम्म पाँच जना संक्रमित निको भई घर फर्किएका छन् । सात जनाको उपचार भईरहेको छ । २५ शय्या क्षमताको आईसोलोसनमा अहिले १५ शय्या तयार भएको र बाँकी अक्सिजनको व्यवस्था हुनसाथ सञ्चालन गरिने जनाईएको छ ।

 

यसरी उपचारमा ल्याईने विरामीको लागि आवश्यक खाना, एक्सरे, एम्बुलेन्स लगायतका सम्पूर्ण उपचार खर्च निःशुल्क हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा अहिले दुई सय २५ जना कोरोना संक्रमित होम आइसाेलेसनमा छन् भने तीन जनाको ज्यान गएको छ ।

 

कोरोना संक्रमितको उपचार सेवा प्रभावकारी बनाउन एक समिति बनाइएको छ । आईसोलोसन सेन्टरमा संक्रमण नफैलियोस् भनेर समिति, स्वास्थ्यकर्मी, कुरुवा र एम्बुलेन्स सञ्चालकको लागि छुट्टाछुट्टै आराम घरको समेत व्यवस्था गरिएको छ । संक्रमितलाई पौष्टिक खाना, नियमित स्वास्थ्यकर्मीको सेवाले बिरामीलाई सन्तुष्ट र तन्दुरुस्त बनाएर पठाउने उद्देश्य पालिकाको छ । 

 

आइसोलेसनमा अहिले एक चिकित्सक र तीन स्वास्थ्यकर्मीले उपचार सेवा दिईरहेका छन् । उपचार सेवा प्रभावकारी बनाउन र्‍यापिड रेस्पोन्स टिमको स्थापनाले अहिले बुद्धशान्तिबासी कोरोना संक्रमित उपचारको लागि ढुक्क देखिन्छन् ।

 

विपद्को यो समयमा स्थानीय सरकारको अनुभूत पनि राम्ररी गर्न पाएका छन् । यसरी नै अन्य पालिकाले पनि उपचार सेवालाई प्रभावकारी बनाउन सकेको खण्डमा शय्या र उपचार अभावबाट नागरिकले अकालमै ज्यान गुमाउनु पर्दैन भन्नेमा दुइमत छैन ।