close

ताप्लेजुङमा संक्रमणमुक्त हुनेको दर करिब ६२ प्रतिशत

ताप्लेजुङमा संक्रमणमुक्त हुनेको दर करिब ६२ प्रतिशत

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- कोरोनाको दोस्रो भेरियन्ट सुरु भएयता ताप्लेजुङमा संक्रमितमध्ये करिब ६२ प्रतिशत संक्रमणमुक्त भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार अहिले ३ सय ५७ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।


कुल ९ सय ५ जनामा संक्रमण देखिएकामा ५ सय ५९ जना संक्रमणमुक्त भएको प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार दोस्रो भेरियन्ट सुरु भएयता पिसिआर विधिबाट १ हजार ९ सय ५६ र एन्टिजेन विधिबाट २ हजार ३ सय ४७ गरी कुल ४ हजार ३ सय ३ जनाको परीक्षण गरिएको छ ।

 

पिसिआर विधिबाट परीक्षण गरिएकामध्ये ४ सय ९७ जनामा र एन्टिजेन विधिबाट परीक्षण गरिएकामध्ये ४ सय ८ जनामा संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रशासन कार्यालयका खरिदार विजय गोठाले गौतमका अनुसार अहिलेसम्म ताप्लेजुङमा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।


जिल्लामा परीक्षण नगराएका तर बाहिर परीक्षण गराई होम आइसोलेसनका बस्ने गरी २२ जना संक्रमित ताप्लेजुङ आएका छन् । यसले गर्दा सक्रिय संक्रमितको संख्या ३ सय ५७ पुगेको गौतमले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका सबै स्थानीय तह तथा स्वास्थ्य कार्यालयसँग समन्वय गरेर तथ्यांक अद्यावधिक गर्दै आएको छ ।

 

ताप्लेजुङमा सोमबार मन्ध्याह्नसम्म १ हजार २ सय ६५ जनाले कोरोनाविरुद्धको भेरोसिल खोपको पहिलो मात्र लगाएका छन् । १ हजार ८ सय ५१ जनालाई पुग्ने गरी भेरोसिल खोपको पहिलो मात्र यहाँ आएको थियो ।
कोभिड सिल्डको पहिलो मात्र लगाउनेको संख्या भने १४ हजार १ सय ९१ रहेको प्रशासन कार्यालयले बताएको छ ।