close

यसरी घट्यो दार्चुलामा कोरोना संक्रमण (भिडियो खबर)

यसरी घट्यो दार्चुलामा कोरोना संक्रमण (भिडियो खबर)

ADVERTISEMENT

दार्चुला- कोरोना भाइरसका कारण दुई महिनादेखि स्थानीय तहले अन्य विकास निर्माणमा ध्यान दिन पाएका छैनन् । गाउँमा आवश्यक अन्य पूर्वाधारका लागि योजना बुन्न पाएका छैनन् । वैशाखदेखि ७ सय ५३ वटै स्थानीय तहको मुख्य ध्यान कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा रहन गयो । कतिपय स्थानीय तहका जनप्रतिनिधि आफै संक्रमितलाई स्याहार गर्न खटिए । कतिले योजना बनाए, कतिले योजना अनुसार बजेट नहुँदा काम गर्न सकेनन् ।  भ्याएसम्म महामारी नियन्त्रण गर्न पालिकाहरू सफल हुँदै गए । दार्चुलामा पनि अहिले महामारी नियन्त्रणमा आइरहेको छ । 

 

यतिबेला कोरोना भाइरस कोभिड १९ रोगको संक्रमण जताततै फैलिइसकेको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणमा सरकारी संयन्त्र लागि परेका छन् । दार्चुलाका सबैजसो स्थानीय तहमा कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनका लागी योजना बनाएर खटिएका छन् । गत २ महिना यता अहिले, दार्चुलामा कोरोनाको संक्रमण घटेको छ । कोरोनाको नियन्त्रण तथा व्यवस्थापनमा दार्चुलाका सबै स्थानीय तह स्वयं खटिने गरेका छन् ।

 

जिल्लाको लेकम गाउँपालिका गत वर्षदेखि नै कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएको छ । भारतबाट विभिन्न सीमानाका भई गाउँपालिका भित्रिनेको व्यवस्थापन र संक्रमण भए ÷नभएको यकिन गर्न उपचार र परीक्षणको दायरा पनि बढाइएको छ । महामारी रोकथाम तथा नियन्त्रणका लागि लेकम गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी नै अहोरात्र खटिएका छन् ।

 

संक्रमण सुरु भएदेखि नै योजना बनाउँदै पालिका अघि बढीरहेको छ । गाउँपालिकाले संक्रमित राख्न आइसोलेशन तथा कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । जहाँ जनशक्ति र औषधिको व्यवस्थापन समेत गरिएको छ । अन्य ठाउँको जस्तै लेकममा पनि केही व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थियो । गाउँपालिका भरी गरिएको परीक्षणबाट जम्मा ७४ जनामा संक्रमण पुष्टी भएको थियो । अहिले संक्रीय संक्रमितको संख्या शून्य छ ।

 

गाउँपालिकामा कोरोना नियन्त्रणमा आएको छ । तर, सरकारले तेस्रो लहरको कोरोनाको चेतावनी दिइरहँदा र आइतबार मात्रै नयाँ भेरियन्टको संक्रमण पुष्टि भएकाले जोखिम कम भएको छैन । त्यसैले पनि पालिका अहिले देखि नै महामारीसँग लड्न तयारी अवस्थामा छ । 
 


लेकम जस्तै जिल्लाको मालिकार्जुन गाउँपालिका पनि कोभिड १९ रोगको व्यवस्थापन आफ्नै सामथ्र्यले भ्याएसम्म गरिरहेको छ । गाउँपालिकाभरी अहिले एक जना मात्रै सक्रिय संक्रमित छन् । कोरोना नियन्त्रणमा जनप्रतिनिधि र कर्मचारी आफै खटिएका छन् ।
 


कोभिड १९को व्यवस्थापनमा स्थानीय तह नै सक्रिय देखिएका छन् । हाल दार्चुलामा ६६ कुल संक्रमितको संख्या छ । स्थानीय तहले खर्च कटाएर, स्रोत जुटाएर नै महामारीलाई नियन्त्रणमा लिन सम्भव भएका छन् । स्थानीयको सहयोगले पनि महामारी रोकथाममा दार्चुला जिल्ला र पालिका सफल हुनुले सबैको सहयोग र सहकार्यले जस्तो सुकै अप्ठ्यारालाई चिर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको छ ।