close

ताप्लेजुङमा दोस्रो मात्राको कोभिडसिल्ड खोप लगाइँदै

ताप्लेजुङमा दोस्रो मात्राको कोभिडसिल्ड खोप लगाइँदै

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– गत माघ दोस्रो साता कोरोनाविरुद्धको कोभिडसिल्डको पहिलो मात्रा लगाएका ताप्लेजुङबासीलाई १६ देखि २० भदौसम्म दोस्रो मात्रा लगाइने भएको छ ।

 

जिल्ला खोप अनुगमन तथा समन्वय समितिको आइतबारको बैठकले कोभिडसिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेका १२ हजार ३२ जनालाई लगाउने निर्णय लिएको हो । 

 

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला खोप अनुगमन तथा समन्वय समितिका अध्यक्ष उमेश पाण्डेका अनुसार कोभिडसिल्डको पहिलो मात्रा लगाएकालाई भुटान र जापान सरकारको कोभ्याक्स सुविधामार्फत अनुदानमामा प्राप्त एक्सट्राजेनको खोप लगाइनेछ ।

 

फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्बरक गाउँपालिका, आठराई त्रिवेणी र मैवाखोलाका खोप केन्द्रमार्फत १६, १७ र १८ भदौमा यसअघि कोभिडसिल्डको पहिलो मात्रा लगाएकालाइ एक्सट्राजेनको खोप दिइनेछ ।

 

यस्तै, फक्ताङ्लुङ गाउँपालिका, सिदिङ्वा, सिरिजंगा, मेरिङ्देन र मिक्वाखोलामा १८, १९ र २० भदौमा एक्सट्राजेनको खोप दिइने कार्यक्रम तय भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलले जानकारी दिए ।

 

यस्तै, साउनको दोस्रो साता भेरोसिलविरुद्धको पहिलो खोप लगाएकालाई १९ देखि २२ भदौभित्र दोस्रो मात्रा उपलब्ध गराइने भएको छ । यसअन्तर्गत १९ र २० भदौमा फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्बरक गाउँपालिका, आठराई त्रिवेणी र मैवाखोलाका खोप केन्द्रमार्फत भेरोसिल खोपको दोस्रो मात्रा दिइनेछ ।

 

फक्ताङ्लुङ गाउँपालिका, सिदिङ्वा, सिरिजंगा, मेरिङ्देन र मिक्वाखोलामा २१ र २२ भदौमा भेरोसिल खोपको दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायले बताए । तत्कालका लागि भेरोसिलविरुद्धको पहिलो मात्रा भने कसैलाई नदिइने निर्णय भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

ताप्लेजुङमा प्राप्त एक्सट्राजेनको खोप कोभिडसिल्डविरुद्धको पहिलो खोप लगाई दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई बचत भएको खोपको दोस्रो मात्रासमेत मापदण्डमा तोकिएका वर्ग र प्रवेशपत्रका आधारमा परीक्षा दिने विद्यार्थीलाइ उपलब्ध गराउने निर्णय भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।