close

सिदिङ्वाले माग्यो कोरोना खोप लगाए/नलगाएका शिक्षक तथा कर्मचारीको विवरण

सिदिङ्वाले माग्यो कोरोना खोप लगाए/नलगाएका शिक्षक तथा कर्मचारीको विवरण

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाभरिका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले कोभिड–१९ विरुद्धको खोप लगाए/नलगाएको विवरण मागेको छ ।

 

गाउँपालिकाले पालिकाभरिका विद्यालयलाई पत्र लेख्दै उसले कोभिड–१९ विरुद्धको खोप लगाए÷नलगाएको विवरण २५ भदौभित्र उपलब्ध गराउन परिपत्र गरेको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र सिग्देलका अनुसार ६ वटा बुँदामा यो विवरण उपलब्ध गराउनुपर्नेछ ।

 

पालिकाले विद्यालयको नाम, ठेगाना, जम्मा कार्यरत शिक्षक तथा कर्मचारीको संख्या, खोप लगाएका शिक्षक तथा कर्मचारीको विवरण, खोपको नाम, पहिलो डोज लगाएको मिति, दोस्रो डोन लगाएको भए मिति र लगाउन बाँकी भएको भए सोको विवरण, १८ वर्षभन्दा माथि उमेर समूहका विद्यार्थीको संख्या र कोभिड–१९ संक्रमित भई हालसम्म नेगेटिभ नआएका शिक्षक तथा कर्मचारीको संख्या माग गरेको छ ।