close

सूर्यविनायकका पाँच वडालाई स्वास्थ्य सामग्री वितरण

सूर्यविनायकका पाँच वडालाई स्वास्थ्य सामग्री वितरण

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाका ५ वटा वडाका स्वास्थ्य चौकीलाई कन्सट्रेटर मेसिन वितरण गरिएको छ । गार्डेन अफ एन्जल्सको सहयोगमा भोलेन्टर नेपाल नेसनल गु्रपको सहकार्यमा पालिकाका ५, ६, ७, ८, ९ र १० वडाका स्वास्थ्य चौकीलाई सो सामग्री वितरण गरिएको हो ।

 

एन्जल्सले नगरभित्रका १० वटै वडाका स्वास्थ्य संस्थालाई मेसिन हस्तान्तरण गर्ने कार्यक्रम बनाएको छ । सोहीअनुरूप हाल ५ वटा वडाका स्वास्थ्य चौकीलाई सो सामग्री वितरण गरिएको वडा नम्बर ८ का वडाध्यक्ष किरण थापाले बताए ।


उनका अनुसार राष्ट्रिय कार्यक्रम संयोजक प्रदीप खड्का, सूर्यविनायकको जनस्वास्थ्य स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईं र जनस्वास्थ्य निरीक्षक पुण्यप्रसाद काफ्लेले सम्बन्धित वडाका जनप्रतिनिधि तथा स्वास्थ्य कर्मचारीलाई उक्त मेसिन हस्तान्तरण गरे ।