close

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री थारुद्वारा गुल्मीको शान्तिपुर अस्पताल उद्घाटन 

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री थारुद्वारा गुल्मीको शान्तिपुर अस्पताल उद्घाटन 

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी प्रदेशको गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा सी एन्ड सी स्वास्थ्य सेवा प्रालि सञ्चालनमा आएको छ । अस्पतालको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारुले उद्घाटन गरे ।


मन्त्री थारुले अस्पताल निर्माणपछि स्थानीयलाई सहज स्वास्थ्य सेवा लिन सहज हुने बताए । अहिलेसम्म तीनै तहका सरकारले पूर्वाधार निर्माणसँगै स्वास्थ्य क्षेत्रमा विभिन्न काम गरिरहेकाले अब निःशुल्क र सर्भसुलभ सेवा प्रवाहमा जोड दिनुपर्ने बताए । 


उनले निजी, सामुदायिक र सरकारी अस्पतालको साझेदारीमा विकटलाई निकट बनाउनु नै प्रदेश सरकारको लक्ष्य रहेको जानकारी दिए । पूर्वसामाजिक विकासमन्त्री सुदर्शन बरालले नागरिकको आधारभूत स्वास्थ्य सुविधालाई थप मजबुत गर्न निजी र सामुदायिक स्वास्थ्य संस्थालाई प्रदेश सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । 


स्वास्थ्य संस्था अरू व्यवसायजस्तो नभएकाले सरकारको अधीन रहेर सेवालाई थप नागरिकमैत्री बनाउन उनले आग्रह गरे । चन्द्रकोट गाउँपालिमा उपप्रमुख राधिका अर्यालले स्वास्थ्य सेवा प्रालि र स्थानीय तहबीचको समन्वयमार्फत नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने बताइन् ।


युवा उद्यमीले चन्द्रकोट र बाग्लुङका नागरिकको भावनालाई बुझेर सञ्चालन गरेको स्वास्थ्य सेवा प्रालिले सामान्य रोगको परीक्षण र एक्सरे गर्न पाल्पा, बुटवल पुग्ने बाध्यता हट्ने विश्वास व्यक्त गरिन् । ग्रामीण भेगका नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालन गरिएको संस्थाका अध्यक्ष होमबहादुर पल्लीले जानकारी दिए ।


अस्पतालले २४ सै घन्टा डाक्टरसहितको इमर्जेन्सी सेवा, डिजिटल एक्सरे र अत्याधुनिक प्रयोगशालासहितको सेवा उपलब्ध गराउने संस्थाका सचिव घनश्याम गौतमले बताए । कार्यक्रममा अस्पताल स्थापना अवसरमा निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने डा.हरिप्रसाद पन्थी, डा. रमेश अर्याल, डा. शम्भु खनाल, डा. सुमित झालाई सम्मान गरिएको थियो ।