close

भक्तपुरका तीन स्वास्थ्य स्वयंसेविका सम्मानित

भक्तपुरका तीन स्वास्थ्य स्वयंसेविका सम्मानित

Trulli
ADVERTISEMENT

भक्तपुर–भक्तपुर नगरपालिकाले तीन स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । नगरपालिकाले १८औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस अवसरमा नगरभित्र कार्यरत तीन जना स्वयंसेविकालाई सम्मान गरेको हो ।

 

ख्वप अस्पतालको आयोजनामा भएको कार्यक्रममा वडा नम्बर ७ की लक्ष्मीकेशरी तुईतुई, ८ की तारादेवी धन्छा र ५ की सजना कवांलाई नगदसहित सम्मान गरिएको हो । 


नगरप्रमुख सुनील प्रजापतिले नेपालमा बालबालिका र मातृ मृत्युदर घट्नुमा स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय भएको बताए । महिला स्वास्थ्य स्वयंसेविकाको कदर र मनोबल बढाउने उद्देश्यले यो दिवस मनाइँदै आएको उनको भनाइ छ । महिला स्वयंसेविकाले महिला, ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्यका लागि घरदैलोमा पुगेर आवश्यक स्वास्थ्य सेवा दिइँदै आएको उनले बताए ।



नागरिकको निःस्वार्थ सेवा गर्नु नै स्वास्थ्य स्वयंसेविकाको कर्तव्य भएकाले अनुशासित भएर सेवा सञ्चालन गर्न आग्रह गरे । उपप्रमुख रजनी जोशीले घरदैलो नर्सिङ सेवामा महिला स्वास्थ्य स्वयंसेविकाले समुदायमा विभिन्न विषयमा सचेतना कार्यक्रम गर्दै नागरिकलाई सचेत बनाउनुपर्ने बताइन् । वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाले स्टाफ नर्स र स्वास्थ्य स्वयंसेविकाबाट घरदैलो नर्सिङ सेवा पुनः सञ्चालनमा ल्याएको उल्लेख गरे ।