close

गोकुलगंगा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

गोकुलगंगा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले रामेछापको गोकुलगंगा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । रामेछाप पुगेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठसहितको टोलीले गाउँपालिकाबाट सञ्चालित सो अस्पताललाई सहयोग गरेको हो । 

 

नगरप्रमुख श्रेष्ठका अनुसार नेपाल कोरिया मैत्री नगरपालिकाले अस्पतालले गोकुलगंगा अस्पताललाई २ थान अक्सिजन कन्सन्ट्रेटर र ह्विल चियर सहयोग गरेको हो ।  स्थानीय तहद्वारा सञ्चालित अस्पतालबीच भगिनी सम्बन्ध कायम भएको बताए । 

 

उनले दुई अस्पतालबीच आउट रिच सेवा दिने सहमति भएको जानकारी दिए । योसँगै अस्पतालका बिरामीलाई एउटा बाट अर्कोमा रिफर गर्ने सकिनेछ । रिफर भएर आएका बिरामीको उपचारमा छुटको व्यवस्था हुनेछ । 


मध्यपुर थिमिको जापानी प्रविधिको रिकिसी कम्पोस्ट मल प्रयोग गरी पालिकाले आलु खेती गर्दै आएको उनले बताए । सो मलको प्रयोग गरी करिब २ हजार रोपनीमा आलु खेती गरिएकामा दोब्बर उत्पादन हुँदै आएको उनको भनाइ छ ।