close

इटहरीमा आँखा अस्पतालको शिलान्यास

इटहरीमा आँखा अस्पतालको शिलान्यास

Trulli
ADVERTISEMENT

सुनसरी/इटहरी– सुनसरीको इटहरी उपमहानगर, नेपाल नेत्रज्योति संघ र सेवा फाउन्डेसनको सहकार्यमा निर्माण गर्न लागिएको आँखा अस्पतालको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले इटहरीमा आँखा अस्पताल बनेपछि यस क्षेत्र वरपरका नागरिकलाई उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 


आँखा अस्पताल सहरको महत्त्वपूर्ण अंगका रूपमा विकास हुने उनको भनाइ छ । गुरुयोजना बनाएर नगरको विकास गर्न उनले सुझाव दिए । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले परियोजना छिट्टै सम्पन्न भएर आँखा अस्पताल सुरु हुने विश्वास दिलाए ।

 

नेपाल नेत्रज्योति संघका अध्यक्ष चेतराज पन्थले संघको २६आँै अस्पताल इटहरीमा शिलान्यास भएकामा खुसी व्यक्त गरे । देशका २५ ठाउँमा २५ वटा अस्पताल र १३० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको जानकारी उनले दिए ।

 

वडा नम्बर १८ का वडाध्यक्ष श्रीनारायण चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त । कार्यक्रममा वडा नम्बर १७ का वडाध्यक्ष भगवानलाल साहले आफ्ना बुबाआमाको स्मृतिमा अस्पतालका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए । १० कठ्ठा क्षेत्रफलमा करिब २५ करोड रुपैयाँ लगानीमा अस्पताल निर्माण हुनेछ ।