close

बाजुरामा कोरोना संक्रमित बढे

बाजुरामा कोरोना संक्रमित बढे

Trulli
ADVERTISEMENT

बाजुरा–कोरोना महामारीको तेस्रो लहर फैलिएसँगै बाजुरामा एक जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ जयबागेश्वरीका ५२ वर्षीय कोरोना संक्रमित बजिर बुढाको मृत्यु भएको हो ।

 

कैलालीको गौरीफन्टा नाकामा चेकजाँच गर्दा बुढामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिए । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका बुढाको आइतबार मृत्यु भएको उनले बताए छ ।

 

संक्रमणपछि घर फर्किएका बुढाको होम आइसोलेसनमा रहेका बेला मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । मृतक बुढासँग आएका अन्य स्थानीय होम आइसोलेसनमा छन् ।

 

बाजुरामा पनि संक्रमितको संख्या दैनिक वृद्धि हुँदै गएको छ । हाल जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये बडीमालिका नगरपालिकामा ८, बूढीगंगा नगरपालिकाका १ र बूढीनन्दा नगरपालिकाका २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयल बाजुराले बताएको छ ।

 

जिल्लाभर संक्रमण फैलिने दर उच्च हुँदा स्वास्थ्य सुरक्षाका उपाय अपनाउन जिल्ला अस्पताल बाजुराले आग्रह गरेको छ । जिल्ला अस्पताल बाजुराका प्रमुख प्रकाश जोशीले प्रत्यक दिन संक्रमित थपिने दर उच्च रहेको बताउँदै संक्रमण दर रोकथाम तथा नियन्त्ररणका लागि स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुपर्ने बताए ।

 

अस्पतालमा दैनिक एन्टिजेन परीक्षण गर्न आउनेको संख्या वृद्धि हुन थालेकाले स्वास्थ्य मापदण्ड अपनाउन सबैमा आग्रह गरिएको उनको भनाइ छ ।