close

फिदिममा निःशुल्क आँखा शिविर सुरु

फिदिममा निःशुल्क आँखा शिविर सुरु

Trulli
ADVERTISEMENT

पाँचथर- फिदिम नगरपालिकामा निःशुल्क आँखा शिविर सुरु भएको छ । मंगलबार सुरु भएको शिविर पुस १२ गतेसम्म सञ्चालनमा रहने नगरपालिकाले जनाएको छ । 

पाँचथर क्लबको आयोजना तथा मेची आँखा अस्पतालको सहकार्यमा र फिदिम नगरपालिकाको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो । पाँचथर क्लबका अनुसार शिविरमा मोतिबिन्दुका रोगीहरूको निःशुल्क शल्यक्रिया र औषधि उपचार पाउनेछन् ।

पहिलो दिन ५०२ जना बिरामीले सेवा पाएका छन् । जसमध्ये ३१ जनाको शल्यक्रिया गरिएको नगरपालिकाले जनाएको छ ।