close

व्यास नगरपालिकाद्वारा अस्पताललाई ६ लाख सहयोग

व्यास नगरपालिकाद्वारा अस्पताललाई ६ लाख सहयोग

Trulli
ADVERTISEMENT

तनहुँ- व्यास नगरपालिका कार्यालयले दमौली अस्पताललाई ६ लाख अनुदान उपलब्ध गराउने भएको छ । दमौली अस्पतालमा कार्यरत गाइनोलोजिष्ट र एनेस्थेसिस्ट दुईजना चिकित्सकलाई पारिश्रमिकबापत सो रकम उपलब्ध गराउन लागेको हो ।

सुत्केरीको शल्यक्रिया सेवालाई निरन्तरता दिन चालु आर्थिक वर्षको ६ महिना नगरपालिकाले अनुदान दिएर सहयोग गर्न लागेको व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । यही पुस २५ गते हुन गइरहेको ४० औँ व्यास नगर सभा समक्ष उक्त प्रस्ताव पेस गर्ने निर्णय गरेको उनले बताए । दमौली अस्पतालमा स्तरोन्नतिका लागि यसअघि पटक–पटक प्रदेश सरकारसँग अनुरोध गर्दै आए पनि स्तरोन्नति नभएकाले हालको अवस्थामा नगरपालिकाले अनुदान दिएर सेवालाई निरन्तर गर्न लागेको हो । 

आव २०८०/८१ का लागि सडक बोर्डअन्तर्गतका एक करोड ३५ लाख ७२ हजार बराबरको प्रस्तावित कार्यक्रम स्वीकृतिका लागि सडक बोर्ड नेपालसमक्ष पेस गर्ने निर्णय गरेको छ ।