close

दोस्रो चरणको दादुरा रुबेला खोपमा साम्सी

दोस्रो चरणको दादुरा रुबेला खोपमा साम्सी

Trulli
ADVERTISEMENT

महोत्तरी- साम्सी गाउँपालिकामा दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप जारी छ । साम्सीसहित महोत्तरीका ६ नगरपालिका र दुई गाउँपालिकाका खोप केन्द्रमा दोस्रो चरणको खोप जारी रहेको हो । 

यसअघि यही फागुन १३ गतेदेखि गत सोमबारसम्म पहिलो चरणमा सात स्थानीय तहमा दादुरा र रुबेलाविरुद्धको खोप सञ्चालन गरिएको थियो । सो चरणमा जिल्ला सदरमुकाम जलेश्वरसहित लोहारपट्टी, मटिहानी र मनराशिशवा नगरपालिका तथा पिपरा, महोत्तरी र एकडारा गाउँपालिका सामेल रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

दोस्रो चरणमा बर्दिबास, गौशाला, औरही, रामगोपालपुर, भङ्गाहा र बलवा नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिकाका बालबालिकालाई खोप लगाउने काम भइरहेको छ । दादुरा रुबेला खोप नौ महिनादेखि १५ वर्ष उमेर समूहबीच दिइँदै छ । 

दुई चरणमा जनशक्ति खटाएर सञ्चालित अभियानमा सबैलाई खोप सेवा पुर्‍याउने लक्ष्यका साथ काम गरिएको कार्यालयका प्रमुख स्वास्थ्य प्रशासक सुनीता गुप्ताको भनाइ छ । यसपालि महोत्तरीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको तयारी छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटा स्थानीय तहमा दादुरा रुबेला खोप अभियानसँगै जिल्लालाई पूर्ण खोपयुक्त घोषणाको तयारी साथ अभियान अघि बढेको स्वास्थ्य कार्यालयले जनाएको हो ।