close

व्यवसायीलाई समयसापेक्ष सेवा सुविधा दिन सुझाव

व्यवसायीलाई समयसापेक्ष सेवा सुविधा दिन सुझाव

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सदस्य उद्योगी व्यवसायीलाई दिने सेवा तथा सुविधालाई समयसापेक्ष बनाउन सुझाव दिएको छ । 

बुटवलमा आयोजना गरिएको संघको सदस्यता बृद्धि तथा विकास सम्बन्धी कार्यशाला गोष्ठीमा बस्तुगत समितिका सभापति तथा उपसभापतिहरूले संघले प्रदान गर्ने सेवा सुविधालाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले गुणस्तरीय नीति लिएको बताउँदै त्यही अनुसार सदस्यता अभिबृद्धि गर्नुपर्ने र संघले प्रदान गर्ने सेवा सुविधालाई पनि के गर्दा प्रभावकारी बनाउन सकिन्छ सुझाव दिन आग्रह गरे । 

त्यस अवसरमा बोल्दै संघका सल्लाहकार तथा पूर्वअध्यक्षद्वय निर्मलप्रसाद लाकौल र सुरेन्द्रप्रसाद श्रेष्ठले संघले प्रदान गर्ने सेवालाई अझै व्यवस्थित र प्रभावकारी बनाउन के गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन तथा क्वालिटी मेम्बरका लागि सदस्यता प्रदान गर्ने वैज्ञानिक मापदण्ड तय गर्नुपर्ने बताए ।

संघका वरिष्ठ उपाध्यक्ष दिनेप्रसाद श्रेष्ठले संघले प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्ने चुनौती आएको बताउँदै त्यसको लागि पनि गुणस्तरीय सेवा तथा प्रविधिको प्रयोगमा जोड दिए । त्यस्तै पूर्वाधार अभावका कारण पनि सदस्य उद्योगी व्यवसायीलाई सोंचेजस्तोगरी सेवा सुविधा दिन समस्या भएको भनाइ राखे । 

त्यस्तै सदस्यता शुल्क प्रतिष्ठानको पुँजीको आधारमा तय गर्नुपर्ने पनि सुझाव दिइएको छ । त्यस अवसरमा संघका कार्यसमिति सदस्य तथा सदस्य अभिबृद्धि समितिका संयोजक सुमोदमान सैंजुले सदस्यता नीतिसम्बन्धी अवधारणा प्रस्तुत गरेका थिए ।