close

१२० जनालाई उद्यमी बनाउने संस्था खोज्दै महाभारत

१२० जनालाई उद्यमी बनाउने संस्था खोज्दै महाभारत

Trulli
ADVERTISEMENT

काभ्रे- महाभारत गाउँपालिकाले उद्यमशिलता सिर्जना तथा भएका उद्यमीको स्तरोन्न्तिका लागि सूचीकृत संस्थाहरूबाट प्रस्ताव आव्हान गरेको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्ष ०८०/०८१ को गरिबी निवारणका लागि लघुवित्त कार्यक्रमको मोडलमा ८० जनालाई नयाँ उद्यमी बनाउने तथा पालिकामा रहेका ४० उद्यमीको स्तरोन्न्ति गर्नुपर्ने भएको जानकारी दिँदै १५ दिनभित्र आर्थिक र प्राविधिक गरी छुट्टाछुट्टै प्रस्ताव पेश गर्न आग्रह गरेको हो । 

पस्ताव पेश गर्दा सार्वजनिक खरिद ऐन र नियमन तथा गरिबि निवारणको लागि लघु उद्यम विकास कार्यक्रक सञ्चालन निर्देशिकाको ढाँचामा उल्लेखित सर्तभित्र रहेर पेश गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

गाउँपालिकाले ८० जना न्याँ उद्यमी सिर्जना गर्नका लागि १४ लाख ३३ हजार ३५० र ४० उद्यमीकफ स्तरोन्नतिको लागि ४ लाख असी हजार रुपैयाँ विनियोजन गरेको छ ।