close

बुटवलमा रोजगार सूचना केन्द्रको शुभारम्भ

बुटवलमा रोजगार सूचना केन्द्रको शुभारम्भ

Trulli
ADVERTISEMENT

काठमाडौं । बुटवलमा रोजगार सूचना केन्द्रको शुभारम्भ भएको छ ।

रुपन्देही उद्योग सङ्घ लुम्बिनी प्रदेश सरकार एवं बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा एक कार्यक्रमका बीच रोजगार केन्द्रको शुभारम्भ गरिएको हो ।

केन्द्रको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले आर्थिक हिसाबले सम्पन्न परिवारका युवा विकसित मुलुकमा र विपन्न वर्गका युवा खाडी मुलुकमा जाने गरेकाले यसलाई रोक्न आवश्यक रहेको बताए । 

‘आजभोलि गाउँमा युवा देखिन छाडेका छन् । वृद्धवृद्धामात्रै गाउँमा छन् । त्यसैले युवालाई विदेश जानबाट रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक छ,' उनले भने । 

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले युवालाई विदेश पलायन हुनबाट रोक्न सूचना केन्द्रको प्रभावकारी कार्यान्वयन जरुरी रहेकामा जोड दिए । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव विजय कार्कीले व्यक्तिलाई स्वरोजगार बन्न प्रेरित गर्ने बताए । 

उनले बेरोजगार युवालाई सीपयुक्त बनाएर स्वदेशमै रोजगारी गर्न रोजगार सूचना केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले विदेशी मुलुकबाट जनशक्ति ल्याउने अवस्थाको अन्त्य गर्न देशकै युवालाई दक्ष बनाउन आवश्यक रहेकामा जोड दिए । 

उद्योग परिसङ्घका प्रदेश अध्यक्ष एजाज आलमले रोजगार सूचना केन्द्रमा बेरोजगार युवालाई सहभागी बनाउन वडास्तरबाटै प्रचार–प्रसार गर्नुपर्ने बताए । 

रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले बेरोजगारी समस्या समाधान गर्दै आर्थिक समृद्धि हासिल गर्न यसले सहयोग पुग्ने बताए । 

रोजगार सूचना केन्द्रले उद्योगीलाई आवश्यक श्रमिकका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो । पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले विदेश नजाने वातावरण तयार गर्न युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको धारणा राखे ।