close

ईट्टा उद्योगमा चाँगुनारायणकाे अनुगमन

ईट्टा उद्योगमा चाँगुनारायणकाे अनुगमन

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले ईटा उद्योगको अनुगमन गरेको छ । नगर बालअधिकार समिति चाँगुनारायण र ५ नं वडा कार्यालयले संयुक्त रुपमा ईट्टा उद्योगहरुमा अनुगमन गरेको हो । 

नगरपालिकाले उद्योगमा बाल श्रमबारे जानकारी लिनको लागि अनुगमन गरिएको बाल नगर समितिका सदस्य सचिव आशा माझीले जानकारी दिइन् । उनले अनुगमन गरिएको उद्योगमा  बालश्रम नदेखिए पनि श्रमिकहरुका विद्यालय उमेरका बालबालिका (३देखि१२)भेटिएको जानकारी दिइन्  । 

 ४ महिनाको लागि  सबै परिवार उद्योगमा नै बसेर काम गरेर फर्कने र अन्य समय भने बालबालिकालाई विद्यालय पठाउने गरेको पाइएको उनले बताइन्  । 

उद्योगमा आएका बालबालिकाको लागि उद्योगहरुले कर्मचारी र शैक्षिक सामग्रीको व्यवस्थापन सहित दिवा शिशु स्याहार केन्द्र सञ्चालन गरेको पाइएको उनले बताइन् । तर पनि सो विषयमा उद्योगका अधिकांश श्रमिक जानकार नभएको उनको भनाई छ । 


अनुगमनका क्रममा व्यक्तिगत घटना दर्ता, खोप, गर्भवती स्वास्थ्य जाँचको सम्बन्धमा जानकारी,  श्रमिक र सञ्चालक दुबैलाई विद्यालय उमेरका सबै बालबालिकालाई तत्काल विद्यालय जाने व्यवस्था मिलाउनका  निर्देशन दिएको उनले बताइन् ।