close

उद्यमीलाई निशुल्क ब्याजमा ऋण दिइने

उद्यमीलाई निशुल्क ब्याजमा ऋण दिइने

Trulli
ADVERTISEMENT

प्युठान। घरेलु तथा साना उद्योग, प्युठानले उद्यमीलाई निशुल्क ब्याजमा ऋण दिने भएको छ । घरेलु तथा साना उद्योगले माघ २४ गते सुचना सार्वजनिक गर्दै आव २०७६ पछाडी दर्ता भएका उद्योगलाई तीस दिन भित्र आवेदन पेश गर्न भनेको छ।

उद्योग दर्ता प्रमाणपत्र, स्थायी लेदा नम्बर, करचुक्ता प्रमाणपत्र, व्यवसायिक योजना र अन्य निकायहरुबाट अनुदान नलिएको स्वघोषणा सहिग आवेदन पेश गर्न निर्देशन दिएको हो।

लुम्बिनी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कोभिड १९ ले उद्यमशिलता मार्फत रोजगारि गुमाएका तथा युवा पुस्तालाई स्वदेशमै रोजगारी प्रदान गर्न ब्याजमा अनुदान निणर्य गरेको थियो। सोही कार्यक्रम अनुसार उद्यमीलाई निशुल्क ऋण दिने कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।