close

पाउरोटी उद्योगलाई अनुदान

पाउरोटी उद्योगलाई अनुदान

Trulli
ADVERTISEMENT

रुकुम । सानीभेरी गाउँपालिकाले पाउरोटी उद्योगलाई अनुदान दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र सञ्चालित उद्योगलाई अनुदान दिने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले पाउरोटी उद्योगलाई अनुदान वितरण गर्न लागेको हो । कार्यक्रमको लागि गाउँपालिकाले २ लाख रुपैयाँ बजेट विनयिोजन गरेको जनाइएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने पाउरोटी उद्योगले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।