close

जब मन्त्री डोजर चलाउँदै सडकमा निस्किए...

जब मन्त्री डोजर चलाउँदै सडकमा निस्किए...

Trulli
ADVERTISEMENT

कोरोना महामारीका कारण गरिएको लकडाउनले करिब ६ महिना विकासका काम प्रभावित भए । सिन्धुपाल्चोकका स्थानीय तहले सामाजिक दूरी कायम गरी आफ्नो पालिकाभित्रका काम सकाए पनि ठूला विकासे आयोजनाहरू भने ठप्प थिए ।

 

जिल्लाको इन्द्रावती गाउँपालिका–७ मा आइतबार भने सडक स्तरोन्नति  सुरुआत गर्ने कार्यक्रममा बिरलै घटना देखियो । सडक स्तरोन्नति कार्यक्रमको सुरुआत गर्ने सर्वसाधारण नभएर बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाल र सामाजिक विकासमन्त्री युवराज दुलाल थिए । 

 

कार्यक्रम सञ्चालकले जब सामाजिक विकासमन्त्री दुलालाई सडक स्तरोन्नति कार्यक्रमको सुरुआत स्काभेटर चलाएर  गर्न संकेत गर, । कार्यक्रममा सहभागीहरू मुखामुख गर्न थाले । मन्त्री दुलाल स्काभेटर चलाउने चालक बस्ने सिटमा पुगे भने भौतिक पूर्वाधारमन्त्री फुयाल साबेल लिएर निस्किए  । 

 

मन्त्रीले सडकमा स्काभेटर चलाएको र साबेल लिएर निस्केको दृश्य कैद गर्न स्थानीय तँछाडमछाड गरिरहेका थिए । सामाजिक विकासमन्त्री दुलालले स्काभेटर केही अगाडि बढाए अनि चार बकेट माटो खनेर सडक स्तरोन्नति कार्यक्रमको सुरुआत गरे । भौतिक पूर्वाधारमन्त्री फुयालले साबेलले माटो फाले । दुवैजनाले सडक स्तरोन्नतिको औपचारिक सुरुआत भएको घोषणा गरे । 

 

लकडाउनपछि ठप्प रहेको विकास निर्माणको सुरुआत मन्त्रीद्वयले डोजर र साबेल चलाएर सुरु गरेपछि स्थानीयले लामो समय गडगडहाट ताली बजाएर स्वागत गरे । मन्त्रीले डोजर चलाएर सडक स्तरोन्नति गर्ने खबर पाएका स्थानीय उक्त दृश्य हर्ने त्यहाँ पुगेका थिए ।

 

‘यो महामारीमा कसैलाई पनि बोलाएका थिएनौं । स्थानीय आफैं स्वतःस्फूर्त  गाउँमा सुरु हुन लागेको विकासे गतिविधिमा सहभागी हुन आएका हुन्’, वडाध्यक्ष वीरबहादुर तामाङले भने । मन्त्रीद्वयले सदरमुकाम चौतारासहित सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ को राजधानी काठमाडौंसँग सबैभन्दा छोटो दूरीको सडक कालोपत्रे गर्ने कार्यक्रम सुरु गरेपछि यस क्षेत्रका स्थानीय खुसी छन् ।

चौतारा–झ्याडी करिव ९ किलोमिटर सडकमा गत वर्ष नै ठेक्का लागेर धमाधम काम भइरहेको छ भने झ्याडी–देउराली साढे १२ किलोमिटर सडक खण्डको आइतबार औपचारिक रुपमा सुरुआत गरिएको पुर्वाधार कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजु श्रेष्ठले जानकारी दिए ।

 

चौतारा–झ्याडी सडक खण्ड २७ करोडमा सडक चौडा बनाउनेसहित कालोपत्रे हुने र झ्याडीदेखि देउरालीसम्मको सडक चौडा र कालोपत्रेका लागि २९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भएर काम सुरु भएको र यो वर्षभित्र दुवै सडक खण्ड निर्माण सकिने प्रमुख श्रेष्ठले बताए ।

 

इन्द्रावती गाउँपालिकाको देउरालीदेखि काभ्रेको सिपाघाटसम्म ४ किलोमिटर सडक भने गत वर्ष नै ग्राभेल भएको छ । काभ्रेको सिपाघाट, कात्तिके हँुदै काठमाडांैको जोरपाटीसम्मका लागि भने आउने वर्ष बजेट विनियोजन गरिने आश्वासन भौतिकमन्त्री फुयालले दिए ।

 

यो सडक निर्माण सम्पन्न भएपछि सदरमुकामदेखि काठमाडौंसम्मको कुल  दूरी ५५ किलोमिटर मात्रै हुने हुँदा र राजधानीसँग जोडिन सहज बनाउने सामाजिक विकासमन्त्री दुलालले बताए । एस्फाल्ट त्रंmकिट राखेर गरिने कालोपत्रेमा ८ मिटर चौडाइको सडक हुनेछ भने नालीसमेत व्यवस्थित रुपमा निर्माण हुने पूर्वाधार कार्यालय सिन्धुपाल्चोकका प्रमुख श्रेष्ठले जानकारी दिए ।

 

प्रदेश सरकारबाट सिन्धुपाल्चोकमा निर्माण गरिने यो सबैभन्दा धेरै बजेट र लामो दूरीको सडक हो । सडक शुभारम्भ कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले काठमाडौं उपत्यकासँग अब यस क्षेत्रको पहुँच नजिकै भएको बताए । सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा उत्पादित कृषि सामग्रीले बजार पाउने अध्यक्ष तामाङले विश्वास व्यक्त गरे ।

 

यो क्षेत्रका प्रतिनिधिसमेत रहेको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले निर्वाचनका क्रममा आफूले विकासको बाकस ल्याउने प्रतिबद्धता गरेको स्मरण गर्दै अहिले त्यो बाकस आउने क्रममा रहेको दाबी गरे ।


 
‘सडक निर्माणमा कसैले अवरोध गरे म हाम्रै पार्टीको कार्यकर्ता रहेछ भने पनि छाड्दिनँ । निर्माण व्यवसायीले गुणस्तरहीन काम गरे आफंै आएर भत्काइदिन्छु र कर्मचारीले गल्ती गरे उनीहरूलाई पनि कारबाही गर्छु’, मन्त्री दुलालले चेतावनी दिए । भौतिक पूर्वाधार विकासमन्त्री फुयालले आगामी वर्ष बाँकी रहेको सडक खण्डलाई बजेट छुट्याएर अबको एक वर्षभित्र यो सडक खण्ड सबै निर्माण सम्पन्न हुने बताए ।