close

कालाेपत्रे हुँदै पाँचखालका सडक, ‘एक वडा एक पिच’को अवधारणा साकार बन्दै

कालाेपत्रे हुँदै पाँचखालका सडक, ‘एक वडा एक पिच’को अवधारणा साकार बन्दै

Trulli
ADVERTISEMENT

काभ्रे- पाँचखाल नगरपालिकाका दुईवटा सडकको कालोपत्रे सुरु भएको छ । पाँचखालको तामाघाट, श्रीरामपाटी हुँदै बोहोरे दोभान जाने सडक र समाजकल्याण हुँदै रामपुर जाने सडकमा कालोपत्रे सुरु भएको हो । 


पाँचखाल नगरपािलकाका नगरप्रमुख महेश खरेलले दुवै सडकमा कालोपत्रेको गुणस्तर परीक्षण गरेका छन् ।


तामाघाटबाट श्रीरामपाटीसम्म दुई किलोमिटर लम्बाइ र सात मिटर चौडाइको सडक बनेको छ । नगरप्रमुख खरेलको पहलमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले उक्त सडक निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरेका थिए ।


उक्त सडकको प्रदेज घिसिङ गणपति निर्माण सेवाले ठेक्का पाएको थियो । यस्तै, पाँचखाल नगरपालिकाको बजेटमा समाजकल्याणबाट रामपुर जाने सडक पनि कालोपत्रे भइरहेको छ । 


‘एक वडा एक पिच’को अवधारणा ल्याएको पाँचखाल नगरले पिच हुन नसकेका वडाका सडकमा पनि चाँडै कालोपत्रे गर्ने तयारी थालेको नगरप्रमुख खरेलले जानकारी दिए ।