close

३७ वर्षपछि पुरिँदै छ पिस्करवासीको राजनीतिक घाउ

फराकिलो सडक छिचोलेर गाउँ पुग्दैछ गाडी

३७ वर्षपछि पुरिँदै छ पिस्करवासीको राजनीतिक घाउ

फराकिलो सडक छिचोलेर गाउँ पुग्दैछ गाडी

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- राजनीतिक परिवर्तनका उर्वर थलो पिस्करमा ३७ वर्षपछि विकासको आधरस्तम्भ सडक सपना पूरा हुने भएको छ ।

 

२०४० मा स्थानीयले तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध गरेको सांस्कृतिक कार्यक्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने सयौँमाथि प्रहरीले मुद्दा चलाएको थिए । पिस्कर काण्डपछि राजनीतिक प्रतिशोधले यो क्षेत्रको विकास हुन सकेको थिएन ।

 

त्रिपुरासन्दरी गाउँपालिकाको केन्द्रसमेत रहेको पिस्करमा सडक कालोपत्रे हुने भएपछि स्थानीयमा खुसी छाएको छ ।


कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत २०५१ मा बाह्रबिसे बजारबाट ट्रयाक खन्न सुरु भएको यो सडक अबको २७ महिनापछि कालोपत्रे हुनेछ ।


ट्रयाक खुलेको २६ वर्षपछि सडकमा कालोपत्रे हुन लागेको हो । सडक कालोपत्रे भएपटि बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका मात्रै होइन, दोलखासँगको वैकल्पिक मार्गसमेत बन्ने त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिए ।


‘पिस्करबाट दोलखाको खरिढुंगासम्म ७ किलोमिटर छ । यो सडक पनि कालोपत्रे हुने हो भने दोलखासँगको वैकल्पिक मार्ग बन्नेछ’, अध्यक्ष श्रेष्ठले भने ।


बाह्रबिसे नगरपालिकाको सुनकोसीबाट जिरो मानेर त्रिपुरासुन्दरी गाउँपालिकाको केन्द्र पिस्करम्म साढे १५ किलोमिटर सडक चौडा, नाली र कालोपत्रेका लागि बाग्मती प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो ।


बाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, नेकपा केन्द्रीय अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहरा र प्रदेश सदस्य अष्टलक्ष्मी शाक्यको सक्रियतामा यो सडक स्तरोन्नतिका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।


पूर्वाधार विकास मन्त्रालय, यातयात पूर्वाधार निर्देशनालय र पूर्वाधार विकास कार्यालय सिन्ध्ुपाल्चोकबाट स्तरोन्नति हुने सडक अबको २७ महिनामा निर्माण सकिने गरी ठेकेदारसँग सम्झौता भएको पूर्वाधार कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजु श्रेष्ठले बताए ।


‘८ मिटर चौडा सडकमा ६ मिटरमा कालोपत्रे हुनेछ भने ढलानसहितको नाली, टेवा पर्खाल र ट्राफिक चिह्नसमेत राखिनेछन्’, प्रमुख श्रेष्ठले भने ।


कालोपत्रे सडक उद्घाटन नेकपा नेता अमृतकुमार बोहरा र बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले होर्डिङ बोर्ड अनावरणसहित साबेलले सडकको माटो पन्छाएर कालोपत्रे सुरु भएको घोषणा गरेका थिए ।

 

पूर्वमन्त्री एवम नेकपाका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा र बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री रामेश्वर फुँयालले आयोजनाको होर्डिङ बोर्ड अनावरण सहित साबेलले सडकको माटो पन्छाएर स्तोरन्ती हुने सडकको शुभारम्भ भएको घोषणा गरेका थिए ।    

 

बाह्रबिसे–सुनकोसी–धुस्कुन–पिस्कर सडक समयमै निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा उत्पादित कृषि उपजले बजार पाउने गाउँपालिका अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे ।


गाउँपालिका/नगरपालिकाको केन्द्रसम्म कालोपत्रे सडक नपुगेका स्थानीय तहमध्ये सिन्धुपाल्चोकमा त्रिपुरासुन्दरीको केन्द्रमा पहिलो पटक सडक कालोपत्रे हुन लागेको पूर्वाधार कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए ।


‘आउने वर्ष क्रमशः अन्य गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक पनि कालोपत्रे गर्ने गरी स्टिमेट भइरहेको छ’, श्रेष्ठले भने ।

 

‘पिस्कर एउटा ऐतिहासक स्थान हो, हिजो शहिदले रगत बगाउँदा विकास र परिवर्तनका लागि बगाएका थिए, आज शहिदको सपना पुरा हुदै गएको छ,’ नेता बोहराले भने । पिस्करकाण्डमा शहिद भएका इले थामी र विरे थामीको सम्झनामा पिस्करमा शहिद पार्क निर्माण भइरहेको, थामी संग्रालय लगायत विकासका धेरै कामहरु भइरहेको नेता बोहराले बताए ।

 

निरन्तरको प्रयत्न र मेहनत पछि सहिद भुमी सम्म पुग्ने सडक चौडा सहित कालोपत्रे हुन लागेको भन्दै प्रदेश सरकारलाई नेता बोहराले धन्यवाद दिदै निर्माण व्यावसायीहरुलाई समयमा नै काम सम्पन्न गर्नका लागि पनि आग्रह गरेका थिए ।

 

सडक शुभारम्भ मा आएका  बोल्दै बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री रामेश्वर फुँयालले समयमै काम सम्पन्न गरे आफुहरुले निर्माण व्यावसायीहरुलाई पुरस्कृत गर्ने बताए । 

पिस्कर सम्मको सडक कालोपत्रे सम्पन्न भएपछि पिस्कर देखि दोलखाको खरिढुगा सम्म पुग्ने सडक कालोपत्रे गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता मन्त्ती फुयाँलले गरे । बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सडक निर्माणमा दुवै स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।