close

तामाकोसीमाथि पुल नबन्दा लप्चीबासीलाई सास्ती

तामाकोसीमाथि पुल नबन्दा लप्चीबासीलाई सास्ती

Trulli
ADVERTISEMENT

दोलखा– दोलखाका लप्चीबासी पुल नभएका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  सदरमुकाम चरीकोटमा आउजाउ  गर्न ज्यानै जोखिममा पारेर उनीहरू तामाकोसी तर्न बाध्य भएका हुन् ।


तामाकोसी नदीको वारिपट्टि पर्ने  लामाबगरका स्थानीय युवाको सहयोगमा  लप्चीबासी मोटरको चक्कामा राख्ने ट्युब र डोरीको माध्यमबाट नदी तर्ने गरेका छन् ।


माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले करोडाैं रकम सामाजिक सुरक्षामा  खर्च गर्दासम्म लप्चीबासीलाई सडकको व्यवस्था त परै जाओस्, झोलुंगे पुलसमेत नबनाइदिँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।


माथिल्लो तामाकोसी आयोजनाको ड्यामसाइटको दायाँबायाँबाट हिँड्ने बाटो नभएकाले  करिब डेढ सयको संख्यामा रहेका लप्चीबासीले समस्या भोगिरहनु परेको छ ।  


लप्ची गुम्बाका अध्यक्ष कर्मा शेर्पाको भन्छन्, ‘लामाबगरबाट चीनको स्वशासित क्षेत्र तिब्बतको सीमामा रहेको नेपालको बस्ती लप्ची पुग्न दुई दिनको पैदल यात्रा गर्नुपर्छ । यात्राको सुरुमै ज्यानै  जोखिममा पारेर नदी तर्नुपर्छ ।’


तामाकोसी आयोजना, संघीय  र प्रदेश सरकारले आफूहरूको पीडा नबुझेको स्थानीय युवाको गुनासो छ । बिगु गाउँपालिकाले प्रत्येक वर्ष बाटो काँटछाँट गर्न ८÷१० लाख बजेट दिने गरेको लप्चीबासीले बताए । बर्खामा आउजाउ गर्न नसकेका कारण बाटो पूरै जंगल भएकाले रुखबिरुवा काँटछाँटका लागि वडाले बजेट विनियोजन गरेको छ ।


लामाबगरका स्थानीय युवाको सहयोगमा वडाध्यक्ष हिरण्यबहादुर गुरुङ लप्चीबासी खोला झर्नेबित्तिकै नदी तार्न पुग्छन् । हावा बढी चलेका कारण ट्युबबाट नागरिक पानीमा डुब्ने समस्या आई रहेको अध्यक्ष गुरुङ सुनाउँछन् ।


चीनले आउजाउमा  सरकारको अनुमति नलिई देश छिर्न बन्देज लगाएपछि लप्चीबासीलाई खाद्यान्न संकट पर्ने सम्भावना देखिएको स्थानीय मिमा तामाङले जानकारी दिए ।


‘लप्चीमा जलविद्युत् आयोजना बन्दै छ । आयोजनाका सामान  हेलिकप्टरबाट ओसारपसार हुन्छ । तर, स्थानीयले झोलुंगे पुलको माग गरे पनि अहिलेसम्म बनाउन कसैले चासो दिएनन्’, तामाङले भने ।


लाबगरबाट लप्चीसम्म करिब १८ किलोमिटर सडक निर्माण गरे हुन्छ । यो सडक ३ देश जोड्ने सबैभन्दा छोटा मार्ग मानिन्छ । यो नाकाबाट पैदल यात्रा गरी नेपालीहरूले चीनको कुतीबाट नुन ल्याउने गरेका थिए ।


सरकारलाई करिब १८ किलोमिटर सडक बनाई नाका खोलिदिन जिल्लाबासीले आग्रह गरेको बिगु गाउँपालिकाकप्रमुख युधिष्ठिर खड्काले बताए ।