close

कफी प्रवर्तक गिरि स्मृति प्रतिष्ठान भवन शिलान्यास 

कफी प्रवर्तक गिरि स्मृति प्रतिष्ठान भवन शिलान्यास 

Trulli
ADVERTISEMENT

गुल्मी(मुसीकोट)- गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा हिरा गिरि कफी नर्सरी बगैँचा भवन शिलान्यास भएको छ ।

 

गुल्मीको आँपचौरमा जन्मिएर रोजगारी सिलसिलामा बर्मा पुगेका आँपचौरका स्व गिरिले १९९५ तिर बर्माबाट नेपाल फर्कने बेला कफीको बिउ लिएर आएको इतिहास छ । 

 

उक्त कफीको बिउलाई बिरुवा बनाएर नेपालमा पहिलोचोटि कफी उत्पादन गरिएको मुसीकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष भागिरथ खरेलले जानकारी दिए ।

 

स्व. गिरिका परिवार हाल गण्डकी प्रदेशको चितवनमा बस्ने गरेको खरेलले जानकारी दिए ।

 

लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेट २० लाख रुपैयाँबाट कफी प्रवर्द्धक हिरा गिरि स्मृति प्रतिष्ठानले भवन निर्माण गर्न लागेको हो ।

 

कार्यक्रममा लुम्बिनी प्रदेश सभासद् खडक केसीले स्व. गिरिले कफीको माध्यमबाट नेपालभर गुल्मीको आँपचौरलाई चिनाउन योगदान पुर्‍याएकाले सम्मानस्वरूप यो भवन निर्माण गर्न लागिएको बताए ।

 

मुसीकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले स्व. गिरिको योगदानको सम्मानस्वरूप भवन बनाउन लागिएको जानकारी दिए ।

 

कार्यक्रममा कफी प्रवर्द्धक हिरा गिरि प्रतिष्ठानका अध्यक्ष पूर्णभद्र सापकोटा, नगरपालिको वडा नम्बर ५ का वडाध्यक्ष भागिरथ खरेल, उपप्रमुख कमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडाध्यक्ष, वडा सदस्यलगायत उपस्थित थिए ।