close

पूर्वाधार विकासमा स्थानीय तहसँग हातेमालो गर्ने नगर विकास कोषको घोषणा 

पूर्वाधार विकासमा स्थानीय तहसँग हातेमालो गर्ने नगर विकास कोषको घोषणा 

Trulli
ADVERTISEMENT

मोरङ– नगर विकास कोषले प्रदेश १ का जनप्रतिनिधिहरूसँग छलफल गरेको छ । कोषले विराटनगरमा प्रदेश १ स्तरीय कार्यशाला आयोजना गरेको हो । 

 

कार्यक्रममा गुरुयोजना बनाएर मात्र अगाडि बढ्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिए । स्थानीय तरूले आफ्नो स्रोतको पहिचान गरी गुरुयोजना बनाएर अगाडि बढे प्रतिफल प्राप्त गर्न सकिने गुरुङले बताए । 

 

२ वटा ठूला सरकारले स्थानीय तहलाई बजेट कम दिएका कारण धेरै योजनालाई स्थानीय तहले अगाडि बढाउन नसकेको नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जुले धारणा राखे । ‘आफ्नो स्रोत–साधनलाई प्रयोग गरेर स्थानीय तहहरूले ऋण लिएरै भए पनि काम गरिरहेका छन्’, उनले भने । 

 

विराटनगर महानगर नगर प्रमुख भीम पराजुलीले बजेट अभाव भए पनि नगर विकास कोषसँग ऋण लिएर महत्त्वपूर्ण योजना सञ्चालन गरिरहेको जानकारी दिए । कोषको सहयोगले महानगरको विकासका टेवा पुगेको उनको भनाइ छ । 

 

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटाले स्थानीय सरकारहरूसँग हातेमालो गर्न कोष सधैँ तयार रहेको प्रतिबद्धता जनाए । नगरपालिकाहरूको सहयोगका लागि कोषले काम गर्दै आएको उनले बताए ।